राहतका लागि नमस्ते सामुदायिक प्रतिष्ठानको दुई लाख सहयोग

पोखरा, ४ वैशाख / पोखरा महानगरपालिकाले स्थापन गरेको कोभिड १९ राहतकोषमा नमस्ते सामुदायिक प्रतिष्ठानले दुई लाख रुपैंया सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ६ बाट सहयोगका लागि पत्रचार भएसँगै वडामा बसोबास गर्ने विपन्न वर्गहरुलाई राहत वितरण लागि २ लाख रकम सहयोग गरिएको हो ।

सहयोग रकम पोखरा ६ का वडा अध्यक्ष जगत पहारीलाई संस्थाका अध्यक्ष भिष्मराज पौडेलले चेक हस्तान्तरण गरे ।

२०६० सालमा पोखराबाट स्थापित संस्थाले बालगृह, छात्रवृत्रि कार्यक्रम, महिला सशक्तिकरण, विद्यालय विकास लगायतका विभिन्न कामहरु गर्दै आएको छ ।

विगतका राष्ट्रिय विपत्तिहरु (बाढी, भुकम्प) आदीबाट पिडितलाइ सहयोग गर्दै आइरहेको संस्थाले आफ्नो उत्तरदायित्व बहन गर्दै उक्त रकम सहयोग गरिएको अध्यक्ष पौडेलले जानकारी गराए ।

कमेन्टहरु
Loading...