पोखरा महानगरका ३ जना कर्मचारीको पिसिआर नेगेटिभ, एकको पुनः परीक्षण गरिने

पोखरा, ७ जेठ / पोखरा महानगरपालिकाका कर्मचारीहरुको आरडिटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षणमा चार जनामा एन्डिबडी देखिएपछि गरिएको पिसिआर परीक्षणमा तीन जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

मंगलबार आरडिटी परीक्षणमा ४ जनामा एन्डिबडी देखिएपछि उनीहरुको पुनः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पिसिआर पद्धतीबाट परीक्षण गर्दा तीन जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकी निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

उनले एक जनाको पुनः स्वाव संकलन गरेरे परीक्षण गरिने बताए । उनको स्वाब गुणस्तरीय नभए पछि पुन परीक्षण गर्न लागेको बताए ।

कमेन्टहरु
Loading...