पोखराको पर्स्याङमा दुर्घटना हुदाँ पान बहादुको मृत्यु

पोखरा, ८ चैत /पोखरा लेखनाथ महानगरपालिका ५ प्रर्स्याङ स्थित धर्मस्थली मावि अगाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

रोकी राखेको ग १ ख ५९९६ बसको पछाडी भागमा बाग्लुङ बसपार्कबाट जिरो किमि तर्फ आउदै गरेको ग१४प २३३ नम्बरको स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

स्कुटर चालक कास्कीको माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर ६ बस्ने ४५ बर्षका पान बहादुर क्षेत्रीको मृत्यु भएको हो । घाईते भई उपचारको लागि मेट्रोसिटि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा प्रहरी टोलि खटि बस, स्कुटर र बसको साहुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...