पोखरामा साउन पहिलो साता प्रविधिमेला हुने

श्याम राना
पोखरा, २९ असार/इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, पोखराले साउन पहिलो साता राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवलको तयारी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पसको आयोजनामा साउन ३ देखी ५ गते सम्म सञ्चालन हुनेछ ।

विद्यार्थीद्वारा निर्मित बिज्ञान तथा प्रविधिका सामाग्री प्रदर्शन गरिनेछ फेस्टिवललाई भेक्टर ‘डाइरेक्ट र्योिभजन’ नामकण गरिएको छ । कार्यक्रममा स्मार्ट सिटी, क्लिन इनर्जि, पर्यटन, कृषि, शिक्षा लगायतका थिममा विद्यार्थीद्वारा आफ्ना सिर्जना प्रस्तुत गर्ने स्ववियु सभापति ईन्द्र पौडेलले जानकारी दिए ।

इन्जिनियरिङ शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित राख्न नहुने भन्दै पौडेलले यसलाई व्यवहारमा उतार्न विद्यार्थीका लागि यस्तो फेस्टिवल लाभदायक हुने बताए । फेस्टिवलमा ८० वटा स्टल हुने छन् । गत वर्षको एक्स्पोमा दश हजार भन्दा बढीले अवलोकन गरेका र यसपटक करिब २० हजार बढीले अवलोकन गर्ने पौडेलले बताए । कार्यक्रमा बिज्ञान तथा प्रविधिको अलवा मनोरञ्जन, रोबोर्ट फुटबल, फुड हन्ट, सिभिल कम्पिटिसन जस्ता थुप्रै अन्य कार्यक्रम पनि हुनेछन् ।

उनले स्मार्ट सिटीबारे जानकारी दिएन कस्तो हुनु पर्दछ भने बारेमा स्मार्ट सिटीको मोडल पनि प्रस्तुत गरिने बताए । पोखरा युनिभर्सिटी, पोखरा ईन्जिनियरिङ्ग कलेज, पुलचोक क्याम्पस, थापाथलि क्याम्पस, सगरमाथा कलेज, नेपाल ईन्जिनियरिङ्ग कलेज, काठमाडौं ईन्जिनियरिङ्ग कलेज, पूर्वाञ्चल क्याम्पस धरान रहने छन् ।

ईन्जिनियरिङ्ग सँग सम्बन्धित कलेज, युनिभर्सिटी सफ्टव्येर कम्पनी, अन्य कम्पनी, सरकारी एवम् गैह्र सरकारी संस्थाको सहभागिता रहने क्याम्पस प्रमुख राम प्रसाद पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...