फेवाताल जलकुम्भी झार र बाढिले कुरुप

सागर राज तिमिल्सिना
पोखरा, २० साउन/बर्षायामसँगै पोखराको पर्यटकीय आकर्षणको केन्द्र फेवाताल बाढीको हिलो र जलकुम्भी झारले ढाकिनदा कुरुप बनेको छ । हिउदमा आफै हराउने र बर्षायाममा तालको सौन्दर्य नै बिगार्ने गरी ढाकिने जलकुम्भीको दिर्घकालिन ब्यबस्थापन गर्न नसक्दा फेवाताल जलकुम्भीले ढाकिएको हो ।

यो बर्ष अघिल्लो बर्ष भन्दा केहि ढिला जलकुम्भी झार देखियो । जलकुम्भी झारले ढाक्न थालेपछि पोखराका पर्यटन ब्यबशायी, बिभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय झार निकाल्ने र फाल्ने काममा सक्रिय हुने गरे पनि त्यस प्रयासले केही हुन सकेको छैन । अघिल्लो वर्ष फेवातालको मुख्य स्रोत फेवा जलाधार क्षेत्रमा बाढि र पहिरो गए पछि अझ बढि ताल पुरिदै आएको छ ।

ताललाई देखाएर मागी खानेहरु धेरै भएपनि ताल कुरुप बन्दा कसैको ध्यान गएको छैन । अहिले फेवातालको पानी धमिलिएको छ भने झारले पुरै तालको सौन्दर्यनै बिगारेको छ । झारको कारण तालमा डुङ्गा सयरमा समेत समस्या भएको फेवा डुङ्गा व्यवसायीले वताएका छन । जलकुम्भी झार हटाउन पोखरा उपमहानगरपालिकाले एनसेलसंग सम्झौता गरेको भनिए पनि कुनै काम हुन सकेन । जलकुम्भी झार ब्यबस्थापनको लागि भन्दै जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिकाले बर्षेनी बजेट विनियोजन गर्दै आएका छन् ।

बर्षेनी जलकुम्भी झारले फेवाताललाई ढाक्दै जाने र दिर्घकालिन ब्यबस्थापनको उपाय नखोजी ट्रकका ट्रक झार निकाल्ने र फाल्ने गर्दा ताल संरक्षणमा त्यति ध्यान दिएको नदेखिएको पर्यटन ब्यवसायी गणेश भटट्राईले वताए । पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुङ्गामा शयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ«े हिमाल ताल मै पौडी खेलेको देख्न सकिन्छ ।

त्यस माथि तालका बिचमा रहेको तालबाराही मन्दिर पनि पर्यटकका लागि पहिलो गन्तव्य बन्दै आएको छ । तर धमिलो ताल र जलकुम्भीका कारण त्यस्ता दृश्य देख्न छाडिएको छ । फेवाताल मानवी र प्राकृतीक दुबै रुपमा दैनिक अतिक्रमणको चपेटामा पर्दै गएको छ । करिब २२ हजार ७ सय रोपनी क्षेत्रफलको नेपालकै दोस्रोे ठूलो ताल फेवाताल खुम्चिएर हाल ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा सीमित हुन पुगेको छ । फेवाताल विश्वमा नै सौन्दर्यमा १३ औ स्थानमा रहेको ताल हो ।

फेवाताल जलकुम्भी झार र बाढिले कुरुप
फेवाताल जलकुम्भी झार र बाढिले कुरुप
फेवाताल जलकुम्भी झार र बाढिले कुरुप
फेवाताल जलकुम्भी झार र बाढिले कुरुप
फेवाताल जलकुम्भी झार र बाढिले कुरुप
फेवाताल जलकुम्भी झार र बाढिले कुरुप
फेवाताल जलकुम्भी झार र बाढिले कुरुप
फेवाताल जलकुम्भी झार र बाढिले कुरुप
कमेन्टहरु
Loading...