पोखरामा मोटरसाइकल चोरको बिगबिगी, २ दिनमा ९ वटा मोटरसाइकल चोरी

पोखरा, २२ साउन /पोखरामा फेरी मोटरसाइकल चोरहरुको बिगबिगी भएको छ । पोखरामा २ दिनमा ९ वटा मोटरसाईकल चोरी भएका छन् । गत बर्ष चैतमा कास्की प्रहरीले बाइक चोर्ने गिरोहलाई पक्राउ गरेको थियो । पोखरा र तनहुँको भिमाद क्षेत्रबाट ११ जना बाइक चोरहरुलाई प्रहरीले पक्राउ गरि सार्वजनीक गरेको थियो ।

अहिले फरी आइतबार र सोमबार गरी पोखराबाट ९ वटा मोटरसाईकल विभिन्न ठाउँबाट हराएको प्रहरीले जानकारी दिएको छ । पोखराको विभिन्न ठाउँबाट मोटरसाइकलहरु चोरी भएका हुन् ।

प्रहरीका अनुसार चिप्लेढुंगा स्थित विशालबजार नजिकबाट ग१५प २८१८ नम्बरको मोटरसाइकल, चिप्लेढुंगाबाट ग १५ प २८१८ र ग४प ६३७८, ओपनहाउस नजिकबाट ग१४प ७८८३, बाझापाटनबाट ग१३प ७७५६, काजीपोखरीबाट ग३प ११३८ नम्बरको बाइक चोरी भएको उजुरी ट्राफिक प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बाइक हराएकोबारे अनुसन्धान भईरहेको बताए ।

कमेन्टहरु
Loading...