पोखराका मेयर मानबहादुर सहित १० जनाको टोली जापान भ्रमणमा

पोखरा, १४ साउन /पोखराका मेयर मानबहादुर जिसी सहितको १० जनाको टोली जापान भ्रमणमा निस्किएको छ । टोलीमा मेयर जिसीसँगै सांसद तथा पोखराका पूर्व मेयर कृष्ण थापा, वडाध्यक्षहरु मोहन बास्तोला, लेखबहादुर तामाङ (दर्शन लामा), प्रकाश पौडेल, जीवन आचार्य, वडा सदस्यहरु अञ्जु केसी र किरण तिमिल्सिना सहभागी छन् ।

यस्तै कर्मचारीहरु शारदा मोहन काफ्ले, महेन्द्रबहादुर गोदार छन् । जापानको कोमागाने सिटी र पोखरा महानगरबीच भगीनि सम्बन्धको कायम भएको र नयाँ जनप्रतिनिधी निवावित भएको अवसरमा कोमागाने सिटीको अवलोकन भ्रमणका लागि टोली जापान गएको हो ।

कोमागानेका पूर्व मेयरको निधन भएको र शोक सभामा पनि उनीहरु सहभागी हुने कार्यक्रम छ । टोली ६ दिने भ्रमण सकेर १९ गते नेपाल फर्कनेछ ।

कमेन्टहरु
Loading...