पोखरा मालेपाटन क्वारेन्टाइनका १६ जना घर फर्किए

पोखरा, २७ चैत / पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रमा क्वारेन्टाइनमा रहेका १६ जना घर फर्केका छन् । उनीहरुले १४ दिनको क्वारेन्टाइन बसाई पुरा गरे पछि बुधबार घर फर्किएका हुन् ।

उनीहरुमा क्वारेन्टाइनमा बस्दा कुनै शंकास्पद लक्षण नदेखिएको र मंगलबार कोभिड १९ को नमुना परीक्षण गर्दा पनि नेगेटिभ आएपछि उनीलाई घर फर्किन दिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

उनीहरुलाई अझै एक हप्ता घरमा गएपछि पनि होम क्वारेन्टाइनमा बस्न भनिएको बताए ।

कमेन्टहरु
Loading...