पोखरा महानगरपालिकाबाट लेखनाथ हट्यो

पोखरा, २४ साउन /सरकारले गण्डकी प्रदेशमा पर्ने पोखरा लेखनाथ महानरपालिकाको नामबाट लेखनाथ शब्द हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महानगरपालिकाले दिए पारित गरेको लेखनाथ शब्द हटाएको हो ।

पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको, छोटकारीमा भन्दा पनि ‘पोले’ नराम्रो सुनिने र अन्तराष्ट्रिय ख्याति प्राप्त नाम पोखरा मात्रै राख्न अधिकांशको सुझाब दिएका थिए ।

कमेन्टहरु
Loading...