पोखरा महानगर पालिकामा सिस्टम अडिट शुरु

पोखरा, ६ जेठ /पोखरा लेखनाथ महानगरपालिकाले आफ्नो कर तथा लेखा प्रणालीमा प्रयोग हुँदै आएको सफ्टवेयर प्रणालीमाथि सिस्टम अडिट शुरु गरेको छ । कर असुलीमा एकरुपता ल्याउन अडिट शुरु गरिएको महानगरले जनाएको छ ।

महानगरको लेखा तथा राजश्वमा हाल युजिडिपी र सांग्रिलाको सफ्टवेयर सञ्चालनमा छ । सफ्टवेयरको अडिट अवधि नब्बे दिनको रहेको र उक्त अवधिभित्रै प्रतिवेदन महानगरमा बुझाउने गरि कार्य आरम्भ गरिएको सिस्टम अडिटको जिम्मेवारी प्राप्त संस्था ए लामिछाने एण्ड एसोसिएट्सले जानकारी दिएको छ ।

महानगरको कार्यपालिका बैठकले सिस्टम अडिट गर्ने विषयमा गत फागुनमा नै निर्णय गरेको थियो ।
सिस्टम अडिटमा महानगरको फोकल पर्सनका रुपमा उपसचिव मोहन बहादुर थापा, सम्वन्धित लेखा तथा राजश्व शाखा सम्वन्धित रहने महानगरले जनाएको छ ।

कमेन्टहरु
Loading...