पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखरा, ९ चैत/ पोखरा महानगरपालिकाले आइतबार एक सूचना प्रकाशित गरी कोरोना भाइरसको संक्रमणबाट जोगिन अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु आगामी चैत २१ गतेसम्म उपलब्ध नहुने जानकारी गराएको छ ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणबाट जोगिन नेपाल सरकारले सर्तकता अपनाउन भनिसकेकोले पोखरा महानगरपालिकामा आइतबार भएको प्रमुख स्तरीय निर्णयबाट चैत २१ गते सम्म अत्यावस्यक सेवा सरसफाइ, दमकल र स्वास्थ्य सेवा बाहेकका अन्य सेवा उपलब्ध नहुने महानगरका सूचना अधिकारी भरतराज पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा कोरोना भइरसको संक्रमणबाट जोगिन कुनैपनि अफवाहकोपछि नलागि आवश्यक सचेतना अपनाउन, अनावश्यक रुपमा भिडभाडमा नजान, संयमित रहन, संभावित जोखिमहरुलाई आधार बनाएर खाद्यन्न, ग्यास, तेल तथा अन्य पेट्रोलियम पदार्थको कृत्रिम अभाव नगर्न नगराउनु हुन सबैमा महानगरले अनुरोध समेत गरेको छ । कोरोना संक्रमणको रोकथामको अभियानमा सहयोग गर्न पोखरा महानगरपालिकाले नगरवासीसँग अनुरोध समेत गरेको छ ।

अत्यावश्यक बाहेका अन्य सेवा बन्द भएपनि महानगरपालिका कार्यालय र वडा कार्यालय तथा महानगर अन्तर्गतका कार्यायलमा कार्यरत कर्मचारीहरु नियमित रुपमा कार्यालयमा उपस्थित हुनपर्ने सूचनामा उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...