स्थानिय कानुन बनाउन पोखरा महानगरपालिका अगाडि

पोखरा, २९ भदौ / सरकारले संविधानले तोकेका काम अगाडि बढाउनको लागि स्थानीय तहहरु कानुन निर्माणमा

जुटेका छ्न् । कतिपय स्थानिय तहले कानुन निर्माण समयमै गर्न नसक्दा धेरै कामकाज अन्योलमा परेका पाइन्छन्

। स्थानिय तहले विभिन्न क्षेत्रगत कामकाजको लागि नीति ,ऐन ,निर्देशिका, कार्यबिधी, नियमावली निर्माण गर्नु

पर्दछ । यस्ता कानुन संघ तथा प्रदेशले तयार गरेको कानुन सगँ बाँझिएमा स्वत खारेज हुनेछन् । स्थानिय तहहरु

मध्ये नीति, ऐन निर्माणमा पोखरा महानगरपालिका अगाडि रहेको देखीएको छ ।

धेरै स्थानीय तह कानुन निर्माण नभएर अन्योलमा बसेको बेला पोखरा महानगरले विभिन्न ४३ वटा कानुन तयार

गरिसकेको पोखरा महानगरका प्रमुख मानबहादुर जिसिले जानकारी दिए । पोखराले स्थानिय तहको कामकाज

सहज गराउनको लागि तयार गरेका नीति, ऐन, निर्देशिका, कार्यबिधी, नियमावली महानगरको बिधायन समितिमा

मस्यौदा माथी छलफल गरेर सभा वा कार्यपालिकामा पठाउने गरिएको बरिष्ट कानुन अधिकृत नारायण शर्माले

बताए ।

महानगरले स्थानिय राजपत्रमा प्रकाशित गरेका कानुनहरु

१ महानगरको प्रशासकिय कार्यबिधी ऐन

२ कार्यसम्पादन नियमावली

३ नगर सभा तथा कार्यपालिका बैठक सन्चालन ऐन

४ आर्थिक ऐन

५ बिनियोजन ऐन

६ तालिम तथा गोस्ठी सन्चालन निर्देशिका

७ प्रमाणिकरण कार्यबिधी

८ नगरकार्यपालिका कार्यबिभाजन नियमावली

९ न्यायिक सम्बन्धी कार्यबिधी सम्बन्धी ऐन

१० कृषि ब्यवशाय प्रवदन ऐन

११ कृषि ऐन

१२ पशु नीति

१३ स्वास्थ्य नीति

१४ सहकारी ऐन

१५ शिक्षा नियमावली

१६ उप प्रमुख सँग महिला कार्यक्रम सञ्चालन ऐन

१७ भवन मापदण्ड सम्बन्धी नियमावली

१८ फोहोर मैला ब्यवस्थापन ऐन

१९ विज्ञापन नीति

२० बिज्ञापन निर्देशिका

२१ बजार अनुगमन निर्देशिका

२२ सार्वजनिक निजि साझेदारी निति

२३ सार्वजनिक निजि साझेदारी ऐन

२४ स्थानिय सेवा सन्चालन ऐन

२५ बालबालिकाको अधिकार ब्यवस्थित गर्ने ऐन

२६ स्मार्ट सिटि हव सन्चालन सम्बन्धी कार्यबिधी

२७ उपभोक्ता समिती गठन ,परिचालन सम्बन्धी कार्यबिधी

२८ सस्थागत बिध्यालय छात्रबृती ब्यवस्थित गर्न बनेको कार्यबिधी

२९ पत्रकार कल्याणकारी कोष सन्चालन कार्यबिधी

३० मर्मत सम्भार कोष सन्चालन कार्यबिधी

३१ बिपद ब्यवस्थापन ऐन

३२ बिपद ब्यवस्थापन कोष सन्चालन नियमावली

३३ कृषि प्रसारको ब्यवस्थापन सन्चालन र नियन्त्रण ऐन

३४ शहरी योजना आयोग गठन तथा सन्चालन सम्बन्धी नियमावली

३५ बिधायन समिती गठन तथा परिचालन नियमावली

३६ स्थानिय राजपत्र प्रकाशन कार्यबिधी

३७ घ बर्गको निर्माण इजाजत पत्र प्रदान सम्बन्धी कार्यबिधि

३८ गैरसरकारी सस्था सन्चालन तथा ब्यवस्थापन निर्देशिका

३९ अपाङ्ग्ता कार्ड बितरण सम्बन्धी कार्यबिधी

४० जेष्ठ नागरिक सम्बन्धी कार्यबिधी

४१ साझेदारी बिकास कोष सन्चालन निर्देशिका

४२ टोल बिकास सन्स्था सन्चालन कार्यबिधी

४३ दुइपाङ्ग्रे सवारी वर्कशप ब्यवस्थापन सम्बन्धी कार्यबिधी ।

तयार पार्नुका साथै महानगरपालिकाले युवा तथा खेलकुद समिति गठन तथा परिचालन सम्बन्धी ऐन ,पर्यटन नीति

सार्वजनिक जग्गा संरक्षण नीति, खाध्य सुरक्षा नीति तत्कालै तयार गरि लागू गर्ने गरि गृहकार्य सुरु गरिसकेको कुरा

महानगर प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । हालसम्म सम्पुर्ण स्थानिय तहहरु मध्ये नीति, ऐन

निर्माणमा पोखरा महानगर अगाडि रहेको उनको भनाई छ ।

कमेन्टहरु
Loading...