पोखरामा मनाईयो नेपाली टोपी दिवस (फोटो फिचर ​सहित​)

पोखरा,१८ पुस /जनवरी १ अर्थात नेपाली टोपी दिवसको अवसरमा पारेर छैटौं अन्तराष्ट्रिय नेपाली टोपी दिवस पोखरामा भव्य रुपमा सम्पन्न भएको छ। नव गठित ‘नेपाली टोपी प्रतिष्ठान(कास्की’ नामक सामाजिक संस्थाले गण्डकी प्रदेश प्रमुख वावुराम कुंवरको प्रमुख आतिथ्यतामा उहाँकै निवासमा पुगि नेपाली टोपी प्रदान गरेर कार्यक्रम शुरुआत गरेको संस्थाका अध्यक्ष महेश्वर सिंह भण्डारीले वताएका छन्।उक्त संस्थाले गण्डकी प्रदेशका मन्त्री भौतिक पुर्वाधार विकाश मन्त्री राम शरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, गण्डकी प्रदेश सांसद दिपक कोईराला, विन्दुकुमार थापा र राजिव पहारी लाई नेपाली ढाका टोपी लगाएर सम्मान गरेको हो।

पोखरामा मनाईयो नेपाली टोपी दिवस

त्यस्तै प्रदेश प्रमुख सचिब लक्ष्मीराम पौडेल, प्रदेश प्रहरी प्रमुख दान सिंह बोहोरा, प्रमुख जिल्ला अधिकारी चक्र वहादुर बुढा, सहायक प्रजिअ राजेश पन्थी, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछाने, सहायक प्रमुख सुर्य थपलियालाई नेपाली ढाका टोपी प्रदान गरेको छ।नवगठित संस्थाका अध्यक्ष एवं टोपी दिवसका संयोजक महेश्वर सिंह भण्डारी भन्छन,’नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपाली मुल भाषीहरुले आ(आफ्नो धर्म जाति र संस्कृतिअनुसार पहिरिने सबैप्रकारका टोपी, नेपाली टोपी नै हुन् नेपाली टोपी, नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश रस्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो ।’

पोखरामा मनाईयो नेपाली टोपी दिवस

नेपाली टोपी दिवसलार्इ जनवरी(१ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, अंग्रेजी नयाँ वर्षलार्इ बिशेष प्राथमिकता दिई सहभागी हुने परम्परालार्इ निरुत्साहित गरी सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गरी नेपाली टोपीलार्इ नेपालीहरुको अन्तराष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानका सचिब सचिन रानाभाटले वताएका छन्।नवगठित सामाजिक संस्थाको उपाध्यक्षमा सिए उवेक कुमार श्रेष्ठ, कोषाध्यक्षमा रोहित गिरि, सदस्यहरुमा पुकार पुन, अनिषा बिक, निरज गुरुङ रहेका छन् ।

पोखरामा मनाईयो नेपाली टोपी दिवस
पोखरामा मनाईयो नेपाली टोपी दिवस
पोखरामा मनाईयो नेपाली टोपी दिवस
कमेन्टहरु
Loading...