पोखराको प्रस्याङमा कुटपीटपछि अपहरण, अझै पहिचन खुलेन

पोखरा, १६ साउन/पोखराको प्रस्याङमा शनिवार दिउँसो पहिचान नखुलेको एक समूहले अपरिचित एक जनालाई कुटपीटपछि अपहरण गरेको खबर छ । प्रस्याङको धारापानी मार्गमा उक्त समूहले ति अपरिचित व्यक्तिलाई पहिले कुटपीट गरी पछि अपहरण शैलिमा मेथलाङ्गको जङ्गलतर्फ लगेको स्थानियको भनाई छ ।

कुटपीटपछि घाइते भएका ति व्यक्तिलाई जबरजस्ती मोटरसाइकलमा हालेर जंगलतर्फ लगेको स्थानियले जानकारी दिए । घाइतेलाई अपहरण शैलिमा जंगलतर्फ लगेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै गएको प्रहरी टोलीले खोजि शुरु गरेपनि साँझसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले अपरिचित व्यक्तिमाथी पहिचान नखुलेको एक समूहले कुटपीट गरेको पुष्टी गरे । यद्यपी कुटाई खाने र कुटपीटमा संलग्न कसैको पनि पहिचान नखुलेको उनले बताए । उनले कुटपीटमा संलग्न समूह र अपहरित भनिएका व्यक्तिको खोजि जारी राखिएको बताए ।

यसैबीच, कुटपीटपछि अपहरण गरेर जंगलतर्फ लगेको हल्ला चलेपछि प्रस्याङ र धारापानी मार्गका स्थानिय आतंकित बनेका थिए । प्रहरीको टोली नै गएर खोजि शुरु गरेपछि भने स्थानियले केही राहतको महशुष गरेका थिए ।

कमेन्टहरु
Loading...