पोखराको पृथ्वीचोक नजिक भीषण आगलागी, करिब एक करोडको क्षती

पोखरा, २० वैशाख / पोखरा ९ पृथ्वीचोक नजिकै रहेको एक फर्निचर उद्योगमा शनिबार भीषण आगलागी भएको छ । आगलागीबाट फर्निचरका सामग्रीहरु जलेर नष्ट भएका छन् ।

स्थानी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले करिब साढे एक घण्टामा दमकल र पानी ट्यांकरको सहायताबाट आगो नियन्त्रणमा लिएको छ ।

विक्रिका लागि तयारी रहेका र कच्चा प्रदार्थ गरेर करिब ७० लाखको फर्निचरका सामग्री नस्टभएका छन् । त्यसै गरी करिब ३० लाखको लागतमा बताएका संरचना नष्ट भएको संचालकले बताएका छन् ।  विकास क्षेत्रीले फर्निचर उद्योग सञ्चालन गरेका थिए ।

लकडाउनको समय भएकाले फर्निचरमा कामदार कोहि नभएकोले विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । पहिले आगोलागि भएको र केहि बेरमा ग्यास सिलिण्डर पड्किएको थियो ।

आगलागीले फर्निचरकामा रहेको सामग्री सबै जलेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डीएसपी यादव ढकालले जानकारी दिए । आगलागीबाट नजिकै रहेको भैसी फर्म र नजिकका घरहरुमा समेत असर गरेको थियो । फर्ममा भएका भैसीलाई फुकाएर अन्यत्र लगिएको थियो ।

Posted by Ganthan.com on Friday, May 1, 2020

 

कमेन्टहरु
Loading...