पोखरा महानगरबाट लेखनाथ हटाउन नगरसभामा प्रश्ताव पेश

पोखरा, ११ असार /पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउनका लागि महानगरको तेश्रो नगरसभामा आज प्रश्ताव पेश भएको छ । एमाले तर्फका सचेतक तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रश्ताव पेश गरेका थिए ।

उनको प्रश्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका छन् । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको हो । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका छन् ।

मंगलबारको बैठकमा सर्वसम्मत परिमार्जनको सिफारिस गराउनका लागि तयारी भैरहेको छ । महानगरको सभाबाट पारित भए नेपाल सरकारलाई सिफारिस पठाईने छ । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी नाम परिवर्तन भएको घोषणा गर्नेछ र त्यसपछि कामकाज नयाँ नामअनुसार अघि बढ्नेछ ।

कमेन्टहरु
Loading...