पोखराको लेकसाइडमा ४ वटा रेष्टुरेण्ट पर्यटकका लागि खोल्ने रेवानको निर्णय

पोखरा, १२ चैत / रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले लेकसाइडका ४ वटा रेष्टुरेण्ट खुलाउने भएको छ । पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकलाई खाना खुवाउन सुविधा होस् भनेर रेष्टुरेण्ट खुलाउने निर्णय गरेको हो ।

रेवान पोखराले बुधबार जारी गरेको विज्ञप्ती अनुसार पर्यटकलाई लक्षित खुल्ने रेष्टुरेण्टहरुमा लेकसाइडको अम्बोट स्थित माउण्ट कैलाश रिसोर्ट, बाराही चौक स्थित मुनडान्स रेष्टुरेण्ट, मुस्ताङ चोक स्थित ड्याडी किचन र गौरीघाट स्थित होटल ग्लासिएर रहेका छन् ।

यी रेष्टुरेण्टबाट सुपथ मुल्यमा पर्यटकले खाना लिएर जान पाउने रेवान पोखराका प्रथम उपाध्यक्ष लक्षमण बरालले बताए । विज्ञप्तीमा जिल्ला प्रशासनसँग अनुमति लिएर नै यी रेष्टुरेण्ट खुलाएको उल्लेख छ ।

‘लेकसाईडमा पर्यटकहरुलाई खानाको समस्या भएको भने सुने पछि हाम्रो ध्यानाकर्षरण भएको छ, विज्ञप्तीमा भनिएकौ छ, कुनै पनि पर्यटक आफ्नो देश जान नसकेर यहि बस्नु भएको र सामान्य खाना खान पनि समस्या भएको भए उहाँहरुलाई खाना खुवाउनु मानवताको आधारमा पनि हाम्रो धर्म हो ।’

यी रेष्टुरेण्ट खुलेपछि पोखरामा रहेका पर्यटकलाई खानाका लागि समस्या नहुने बरालले बताए । होटलमा बस्ने गरेका पर्यटकलाई कुनै समस्या नभए पनि होस्टेलमा बस्ने गरेका पर्यटकहरुलाई लकडाउन पछि खाना खान अप्ठेरो भएको थियो ।

होटल ग्लासिएरका सञ्चालक राजेन्द्र ढकालले आफ्नो रेष्टुरेण्टमा आउने पर्यटकलाई निःशुल्क खाना दिने व्यवस्था मिलाएको बताए । ‘पर्यटकले ३ मिटर परबाट अडर गर्ने छन्,’ ढकालले भने ‘१० देखी मिनेट २० मिनेट सम्ममा तयार भएपछि लिएर जानु पर्ने छ । बसेर खान पाइदैन ।,’

कमेन्टहरु
Loading...