पोखराका सहयोगी युवा, तीन दिनमा करिब २ हजारलाई खाना

पोखरा, ८ वैशाख/ पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पु¥याउदै खान खाउदै आएका छन् ।

उनीहरुले तीन दिनमा करिब २ हजारलाई खाना खुवाएका छन् । सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था आएका, हिडेर गन्तव्य जादै गरेकाहरुलाई खाना दिदै आएका छन् । उनीहरुले खाना पकाएरै प्याक गरेर पु¥याउने गरेका छन् ।

पोखरा ७ शान्ति नगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पकाउनले गरेका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आए पनि सो ठाउँका स्थानी र जनप्रतिनिधि सगँ समन्वय गरेर खाना पु¥याउन गरेको पौरखी स्वयम सेवक समुहका जनक पराजुलीले बनाए । पहिलो चरणमा आफुहरुले नै नगद उठाएर विहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनले बताए ।

घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समुहका सदस्यलाई टेलिफोन वा कुनै माध्यमले सम्पर्क गरे पीडित भएकै ठाउँमा खाना पु¥याउने गरेका स्वयम सेवी समुहका अर्का सदस्य राजु शर्माले बताए । उनले विहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पु¥याइदिने गरेका छन् । खानाका प्याकेटमा दाल, भात, अचार र तरकारी समावेश गरिएको छ ।

‘यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ अर्का सदस्य विष्णु प्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुने पछि यो अभियान शुरु गरेका हौ ।’ उनले कामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिदै गएको बताए । खान पाएनन् भनेर पनि दिनै पिच्छे बढ्दै गएको उनले बताए । खानै नपाउने अवस्थाको ठुलो परिवार छ भने पोखरा महानगरलाई नै राहतको व्यवस्था गर्न भनेको उनले बताए ।

शनिबार विहानबाट शुरु भएको अभियानमा तीन दिन सम्ममा १९ सय ११ जनालाई खाना निःशुल्का पु¥याइसकेको समुहका अर्का सदस्य खेमराज तिमिल्सिनाले बताए । उनले शनिबार विहान बेलुका गरे ३ सय ११ जना, आइतबार विहान बेलुका ९ सय ४५ र सोमबार विहान मात्रै ६ सय ५५ जनालाई खाना पु¥याएको बताए ।

‘लकडाउनका कारण खाद्यान्न अभाव भई चुल्हो नबल्ने अवस्था भएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरेको उनले बताए । पोखरा महानगरले समन्यको भुमिका खेलेको उनले बताए । पोखरा महानगरमा खानाको लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ ।

कमेन्टहरु
Loading...