पोखरामा एक हजारको लोभ देखाएर ३ बालिकामाथी यौन दुब्र्यबहार

पोखरा, २३ असोज / शनिबार साँझ ५ बजेदेखि रामबजार नजिकैबाट ३ बालिकाहरु बेपत्ता भए । कालिका माविमा पढ्ने१०, ११ र १२ बर्षका छन् ।

विद्यालयबाट फर्किएपछि बेत्तपा भएका उनीहरुलाई खोज्दै जाँदा लेकसाईडमा निर्माणाधीन एउटा घरमा भेटियो । घर निर्माणमा काम गरिरहेका

दुई मजदुर सँगै थिए तीनैजना बालिकाहरु ।

घटना शनिबार बिहानको हो । बिहान ६ बजे ५ जना विद्यार्थीहरु नाच सिक्न घरबाट निस्किए । ११ बजेसम्म स्कुलमा नाचगान गरेर सकेपछि

घर नगई उनीहरु लेकसाईड पुगे । लेकसाईड पुगेका टोलिमा एक बालिकाले चिनजानको भन्दै सदरे आलमको कोठामा पु¥याईन् । केहीबेर त्यहाँ

बसेपछि उनीहरु भाटभटेनि गए ।

दिनभर घुमेर साँझ ५ बजेतिर घर फर्किए । आमाले गालि गरेपछि दुई बालिकाहरु घरमै बसे । सदरे चाहीँ बाँकी ३ जनालाई लिएर लेकसाईडतिर

लागे । आलमले बालिकाहरुलाई आफूसंगै बसेमा पैसा दिने भन्दै फकाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आलमले १ हजार रुपैयाँ दिने

भनेपछि तीनैजना बस्न राजी भए । त्यसपछि आलमले आफ्नो साथीलाई पनि बोलाएर बालिकाहरु माथी दुब्र्यबहार गरेको कास्कीका प्रहरी

प्रमुख ओम रानाले बताए ।

आलम र उनका साथीलाई बालिकासँग भेटेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । भारतीय दुईजना किशोरहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विहार राज्यको दतिया घर भई पोखरा बस्दै आएका १७ बर्षिय सदरे आलम र उनका साथी समिन आलम छन् ।

प्रारम्भिक रिपोर्ट अनुसार ती बालिकाहरुमाथि यौन दुव्र्यवहार भएको देखिएको रानाले बताए । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा

नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ । श्रोतका अनुसार बालिका मध्ये एकजनाले आलमलाई ब्वाईफ्रेण्ड बनाएकी

थिईन् ।

कमेन्टहरु
Loading...