नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनद्धारा पोेखरामा भएको रक्तदानमा सर्वाधिक रक्तदान

पोखरा, १० साउन /पोखरामा नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको रक्तदानमा ६ सय ३९ युनिट रगत संकलन भएको छ ।

लाहुरे तालिम सम्बन्धी प्रशिक्षण दिने संघ संस्थाको छांता संगठन नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको आयोजना तथा रक्त सञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा एशोसिएसनमा आवद्ध प्रशिक्षार्थीहरुको सहभागीतामा सम्पन्न रक्तदानमा पोखरामा हाल सम्मकै सर्वाधिक संख्यामा रक्तदाताहरुले रक्तदानमा सहभागीता जनाएका हुन ।

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले वार्षिक कार्यक्रम अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । जस अन्तर्गत यो वर्षको रक्तदान कार्यक्रममा ६ सय ३९ जनाले रक्तदान गरेका हुन ।

नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रिय समिती पोखराका अध्यक्ष गज बहादुर गुरुङके संयोजकत्वमा पोखराको अमरसिंह चोक र पोखरा रंगशाला गरी दुइ छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

जसमा अनुसार अमर सिंहचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय ७६ युनिट रगत संकलन भएको थियोभने पोखरा रंगशालामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ सय ६३ युनिट रगत संकलन भएको नेपाल फिजिकल ट्र्निङ एशोसियसन क्षेत्रिय समिती पोखराका कोषाध्यक्ष सेत्तमराज गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार एशोसियसनमा आवद्ध ३९ वटा ट्रेनिङ सेन्टरमा आवद्ध प्रशिक्षार्थीहरुले रक्तदान कार्यक्रममा सहभागीता जनाएको वताउदै गुरुङले एशोसियसनले सामाजिक काम मार्फत समाजमा केही गर्नुपर्छ भन्ने उद्देश्यले कहिले रक्तदान त कहिले सरसफाइ जस्ता कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको र सोही अनुरुप यो पटक रक्तदान कार्यक्रमको आयोजना गरी पोखरामा नै सर्वाधिक संख्यामा रगत संकलन गरिएको वताए ।

नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनले सामाजिक काम मार्फत नेपालको तीन क्षेत्र काठमाण्डौ, धरान र पोखरामा रहेका समितीहरुले सामाजिक कामलाई समेत प्राथमिकता दिदै आएको र आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने एशोसिएसनका केन्द्रिय अध्यक्ष मिन वहादुर गुरुङले वताए ।

रक्तदान कार्यक्रमले एशोसिएसनमा आवद्ध प्रशिक्षार्थीहरुलाई रक्तदान गरी आफ्नो खेर गइरहेको रगत मार्फत रगतको अभावमा छटपटिएको विरामीलाई रगत पुर्याउने काम गरी महान कार्यमा लागेकोमा पोखरा महानगर पालिका वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्कीले रक्तदान गर्ने युवाहरुलाई विशेष धन्यवाद प्रदान गरे ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार गुरुङले युवाहरुलाई रक्तदान मार्फत सामाजिक काम तर्फ अभिप्रेरित गराएकोमा एशोसिएसनलाई विशेष धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि भविष्यका कर्णधार युवाहरुलाई सामाजिक काम तर्फ अग्रसर गराउन तर्फ एशोसिएसन अगाडी वढ्नुपर्नेमा जोड दिए ।

जिल्ला खेलकुद विकास संमितीका अध्यक्ष याम बहादुर गुरुङ, एशोसिएसनका प्रमुख संरक्षक राम प्रसाद गुरुङ र संरक्षक याम बहादुर गुरुङले एशोसिएसनले रक्तदान जस्तो सामाजिक काम गरी महान कार्य गरेको वताएका थिए ।

कमेन्टहरु
Loading...