एक करोडको लगानीमा पोखरामा हेल्दी होम

पोखरा, ३ बैशाख /पोखरा हेल्दी होम एण्ड नेचुरल हेल्थ केयर प्रालि सञ्चालनमा आएको छ । पोखराको न्युरोडमा स्थापना भएको उक्त नेचुरल हेल्थ केयरको नेपाली सिने जगतकि चर्चित नायीका करिस्मा मानन्धरले बुधबार एक कार्यक्रमका बीचमा उद्घाटन गरेकी हुन् ।

एक करोडको लगानीमा पोखरामा हेल्दी होम
एक करोडको लगानीमा पोखरामा हेल्दी होम

राजधानी काठमाण्डौमा ६ बर्ष पहिले देखि सुरु भएको यो सेवा धरान, बुटवल, नारायणगढ हुँदै पोखरामा आठौं शाखाको रुपमा सञ्चालनमा आएको प्रवन्ध निर्देशक महेश्वर सिंह भण्डारीले जानकारी दिए । ‘राजधानीमा पहिले सञ्चालनमा आएको भएपनि यो पोखरामा पहिलो हो, उनले भने ।

झण्डै एक करोडको लागतमा स्थापना गरिएको उक्त हेल्दि होममा ‘बीएमआई’ मेसिन द्धारा मोटोपनको जाँच गरिन्छ । पोखरामा दुई जना छाला रोग विशेषज्ञ र अन्य ८ जना स्टाफ नर्सद्धारा सेवा प्रदान गरिने भण्डारीले जानकारी दिए । प्रवन्ध निदेशक भण्डारीका अनुसार नेपालका चर्चित नायक नायिकाले राजधानीमा यसमै नियमित उपचार गर्न पुग्ने गरेका छन् ।
आफूहरुले गर्ने उपचार पद्दत्तिले शरिरमा कुनै प्रकारको साइड इफेक्ट पैदा नहुने उनले बताए ।

हेल्थीहोममा मोटोपन घटाएपछि सेवाग्राहीको पछाडिको दुखाई, जोर्नी दुखाई, ग्यास्टिक, कब्जीयत, कोल्डस्टोरेज, उच्च रक्तचाप, महिनावारी गड्बडी जस्ता समस्याबाट मुक्त समेत पाउनुका साथै शारिरीक सुन्दरता कायम गर्ने बताइएको छ । यो विश्व स्वास्थ्य संगठनले समेत स्वीकृत गरेको प्राणली भएको सञ्चालकले बताए । सेवा सुल्क १६ हजार ५सय रहेको र उक्त रकमले एक महिना सम्म लगातार उपचार गरिने अर्का सञ्चालक वीरेन भण्डारीले जानकारी दिए ।

उनका अनुसार सेवा प्रारम्भ भएको मितिले एक महिना सम्म पुग्ने ग्राहकका लागि १० प्रतिशत छुट प्रदान गरिएको छ । महिला र पुरुषको मोटोपन हटाउन अलग अलग तरिका अपनाइने र यहाँ मोटोपन घटाउँदा झोलिने जस्ता समस्या झेल्न नपर्ने उनको भनाई छ । यो प्रवृधि नेपालमा सुरु हुनु पूर्व कोरिया, जापन, जर्मन, भारत र चिन लगाएतका देशहरुबाट आयात गरिएको उनले बताए । यो प्रविधिबाट मोटोपन घटाउँदा अनावशयक बोशोलाई १० डिग्रि सेल्सीयस तापक्रममा झारेर जमेको बोशो टुक्रायाएर दिसा र पिसावको माध्यमबाट बाहिर निकालिन्छ ।

होममा खानपिन र आहार विहारका बारेमा उचित परामर्स प्रदान गरिने जानकारी दिइएको छ । खानपान र आहारविहारबाट नै मोटोपन बढ्ने हुँदा यसमा विशेष ध्यान दिनुपर्ने भण्डारीले बताए । वैदेशिक रोजगारको सट्टा स्वदेशमा नै केही गर्ने भन्ने अभिप्रायले हेल्दी होम सञ्चालन गरेको सञ्चालक विरेन भण्डारीले बताए । आफूलाई एकपटक सेवा गर्ने मौका दिन उनले ग्राहकवर्गलाई अनुरोध गरेका छन् ।

कमेन्टहरु
Loading...