पोखरा, २७ पुस / माघ १ गते पोखराको विन्ध्यवासिनी मन्दिरमा गोरखनाथ प्रत्यक्षीकरण साधना शिविर हुने भएको छ । शिविरको लागि सवै तयारी पुरा भएको शिविर मुलआयोजक समितिका सदस्य सचिव सुदिपमोहन भटट्राईले जानकारी दिए ।
सद्गुरुदेव राहुलेश्वरानन्दको उपस्थितीमा पोखराका विभिन्न साधकहरुलाई दिउँसो २ वजेदेखि ६ वजेसम्म गोरखनाथ प्रत्यक्षीकरण साधनादिने कार्यक्रम रहेको जानकारी दिए । सोहीदिन १२ वजेदेखि कलशयात्रा समेत गरिने छ ।
साधना शिविर पोखरामा पहिलोपल्ट आयोजना गरिएको मुलआयोजक समितिका संयोजक महादेव गुरुङ्गले बताए । यस खालको साधनाको माध्यमवाट मानिसहरुमा अध्यात्मिक मार्ग खुल्ने, साधना सिद्धी प्राप्तहुने तथा व्यभिचारी कर्मबाट टाढा रहने विश्वास पनि लिएको गुरुङ्गले दावी गरे ।
समाजमा मानिसहरुको व्यभिचारी प्रवृत्ति वढेको छ, अविश्वास वढेको छ, यस खालका अध्यात्मिक साधनावाट मानिसहरुलाई सद्मार्गमा हिडाउन सघाउने उनले विश्वास व्यक्त गरे । सद्गुरु राहुलेश्वरानन्दले नेपाल बाहेक भारत, पाकिस्तान, अफगानिस्तान लगायतका देशहरुमा साधाना गराउँदै आएका छन् ।