Ganthan News Pokhara
All news from Pokhara & around

पोखरामा ४० हजार नगद सहित २ जना पक्राउ

0

पोखरा, १४ जेठ /अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले दुई जनालाई ४० हजार घुससहित सोमबार राती पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकीबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीहरुसँग घुस लिँदै गर्दा पोखरा १७ को एक रेष्टुरेण्टबाट पक्राउ परेका हुन् ।

हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्लेलाई ४० हजार नगद सहित घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

काफ्लेले विभिन्न सेवाग्राहीसँग लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै लिएको १ लाख ६ हजार रुपैँया र डायरी लगायत प्रमाणहरु बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

दुबै जनालाई मंगलबार अख्तियारको कार्यालय काठमाडौ लगेर थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु