भाद्र ३ र ४ मा गाईजात्रा महोत्सब र तायमता प्रतियोगिता हुने

पोखरा, ५ साउन/गाईजात्रा पर्वको अवसरमा हरेक बर्ष पोखरामा आयोजना हुने गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता यस बर्ष जाल्पारोड सिमलचौरमा हुने भएको छ । नेवाः खलः कास्कीको आह्वान तथा जाल्पादेवी तायमचा समितीको आयोजनामा भाद्र ३ र ४ गते जाल्पारोड सिमलचौरमा महोत्सव हुने महोत्सव संयोजक कृष्णमान ठुसाजुले मंगलबार बसेको तयारी भेलामा जानकारी दिए ।

संस्कृति जोगाउन पोखरामा गाईजात्रा महोत्सव
संस्कृति जोगाउन पोखरामा गाईजात्रा महोत्सव

महोत्सबमा पोखरा र लेखनाथका ३० समुहले प्रतियोगितामा सहभागिता जनाउने छन् । भेलामा बोल्दै नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले आफ्ना परम्परा र संस्कृतिको निरन्तरता आफ्नो जाती स्वयंले गर्नुपर्ने हुँदा तायमचा प्रतियोगिताको निरन्तरताले महत्व पाएको बताए । उनले प्रतियोगितामा राखिएको पुरस्कारको राशी भन्दा आफ्नो संस्कृतिको जगेर्नाका लागि खेलेको भुमिका महत्वपुर्ण हुने हुँदा प्रतियोगितामा सहभागी हुन नेवा खल सम्बद्ध टोल तथा कचालाई आह्वान गरे ।

प्रतियोगितामा सहभागी हुने टोलीले साउन ३० गते भित्र नाम दर्ता गराई सक्नुपर्ने आयोजक समितिका सचिब बिश्व विजुक्छेले बताए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्तन्वा हुने टोलीलाई क्रमश रु. २५ हजार, १५ हजार, १० हजार, ५ हजार तथा शिल्ड प्रमाणपत्र प्रदान गरिने संयोजक ठुसाजुले जानकारी दिए । यसका अलावा प्रतियोगितामा उत्कृष्ट बाद्यबाधन, भेषभुषा, जोकर तथा ख्यालीका लागि पुरस्कार सहित शिल्ड प्रमाणपत्र प्रदान गरिने छ ।

महोत्सवमा नेवारी खानाका परिकार, नेवारी नृत्य, कुमारी, चर्या, लाखे प्रर्दशन गरिने खलःका महासचिब प्रदिप रञ्जितले बताए । भेलामा समाजसेवी बिरेन्द्रनारायण बिजुक्छे, सुविन्द्र श्रेष्ठ, नेवा ल्याम्ह पुचका अध्यक्ष रामबहादुर रजक, नेवा खल कास्कीका उपमहासचिब राजेन्द्रकुमार श्रेष्ठ, नेवा पत्रकार पुच कास्कीका संयोजक सन्जय मल्ल तथा सचिब सन्देश श्रेष्ठ लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...