पोखरा ४ र ५ मा वडास्तरिय फिर्के सरोकार समिति गठन

पोखरा, ८ माघ /फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिको आयोजनामा फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तिन÷तिन मिटर कायम गराउन दवाद दिने उद्धेश्यले वडा समितिहरु गठन भएका छन् ।

सरोकार समितिका संयोजक नारायण विक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन) को उपस्थितिमा मंगलबार पोखरा महानगरपालिका वडा नं. ४ मा वसेको भेलाले सुनिल बहादुर कोईरालाको संयोजकत्वमा सात सदस्यिय सरोकार समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा जई कुमारी अधिकारी, सचिवमा अर्जुन परियार, कोषाध्यक्षमा बाबुकाजी लिगल र सदस्यमा हरिनारायण शर्मा, कमला वस्याल र जुद्धबहादुर प्रधान रहेका छन् ।

त्यसै गरि प्रकाश कोईरालाको संयोजकत्वमा ९ सदस्यिय सरोकार समिति गठन गरिएको छ । उक्त समितिको सहसंयोजकमा ताराप्रसाद अधिकारी, सचिवमा शुशिला ढकाल, कोषाध्यक्षमा हर्कबहादुर लामा र सदस्यमा विमला नेपाली, लक्ष्मण आचार्य, निर्मला गुभाजु, अलि हुसेन मियाँ र मिठु परियार रहेका छन् ।

फिर्के खोलाको मध्य भागलाई केन्द्र बनाई दायाँ–बायाँ ३/३ मिटर मापदण्ड कायम गर्न फिर्के खोलाको आसपास वसोवास गरिरहेका स्थानिय वासिन्दाहरुले वडा स्तरमा सरोकार समितिहरु वनाई महानगरलाई दबाद दिईने र उक्त दबादले पनि समस्याको हल नभएमा न्याय प्राप्तीको लागि विभिन्न संघर्षका कार्यक्रम गरिने फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायण विक्रम शाहीले वताए ।

कमेन्टहरु
Loading...