पोखरामा आतिसबाजि संगै नयाँ वर्षको स्वागत गर्ने, लेकसाइडमा उर्लियो मानवसागर

पोखरा, १५ पुस / मध्यरातमा फेवाताल किनार कोमागाने पार्कमा भव्य आतिसबाजि गर्दै पोखरेलीहरुले अंग्रेजी नयाँ वर्ष २०२० को स्वागत गर्दै छन् ।

रेवान पोखराले आयोजना गरेको २१ औं सडक महोत्सवमा रम्दै नयाँ वर्षको स्वागत गर्न आन्तरी तथा विदेशी पर्यटक र पोखरेलीहरु लेकसाइड पुगेका छन् । अहिले लेकसाइडमा मानवसागर उर्लिएको छ ।

नयाँ वर्षको स्वागत गर्न गएका विदेशि तथा स्वदेशि पर्यटकहरुले लेकसाइडको बाटो खचाखच भरिएको छ । महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा हजारौ दर्शकले भरिएका छन् । विगतका वर्षहरुलाई मध्यनजर गर्दै यसपटक इभको दिन विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जानकारीको छ ।

लेकसाइडका चोक चोकमा सिसि क्यामेरा जडान गरेको छ । अघिल्लो बर्ष आतिसबाजिका लागि अदालतमा मुद्धा परे पछि भएको थिएन । अदालतको आदेश अनुसार पोखरा महानगरपालिका समिति बनाइ आतिसबाजि गर्न हुने भन्दै निर्णय गरेको थियो । सोही आधारमा आतिसबाजि गर्न गृहमन्त्रालय अनुमती लिएर आतिसबाजि गर्न लागेको रेवान पोखराले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...