महानगरले फेवातालका मापदण्डपरको जग्गाको मुआब्जा दिने, प्रदेश र केन्द्र सरकार सगँ सहयोग माग

पोखरा, ८ वैशाख/पोखरा लेखनाथ महानगरपालिकाले फेवातालको मापदण्डमा परेर रोक्का राखिएका घर जग्गा हटाउने भएको छ ।

त्यसका लागि कार्यपालिका बैठकले मापदण्डमा परेका घर जग्गा हटाउन मुआब्जा दिन प्रदेश सरकार र केन्द्र सरकार सगँ मुआब्जा बापतको रकम माग गरेको छ । शुक्रबार बसेको बैठकले फेवाताल वरपर रहेका मापदण्ड विपरीका घर र जग्गा अधिग्रहण गर्न आवश्यक रकम माग गरेको हो ।

कार्यपालिका बैठकले पोखरा ७ राष्टबैकचोकमा रहेको पर्यटन बसपार्क आधुनिक बनाउन कार्ययोजना बनाएर अगाडि बढाउने, एक महिना भित्र महानगरको साङ्ठनिक सम्रचना तयार गर्ने, पोखरा उपत्यकाका विभिन्न स्थानमा रहेका बाटो, खोला खोल्सी, ताल, गुफा लगाएतको मापदण्ड टुङ्याउनको लागि डा भरत पहारीको नेतृत्वमा एक महिना भित्र प्रतिवेदन तयार गर्नको लागि ५ सदस्यीय समिति गठन गर्ने, पोखराको विभिन्न स्थानमा आकाशे पुल निर्माणको लागि सम्भाब्यता अध्ययन गर्ने लगाएतका निर्णय गरेको पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

कमेन्टहरु
Loading...