धर्म प्रचारको आरोपमा दुई जना अमेरिकन पक्राउ

पोखरा, २ वैशाख / धर्म प्रचारको आरोपमा कास्की प्रहरीले दुई जना अमेरिकनलाई पक्राउ गरेर मुद्धा चलाएको छ ।

प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १५ स्यानीमझुवा बसुन्धारा मार्गमा धर्म परिवर्तन गर्नका लागी विभिन्न सामग्री वाड्नका साथै भिडियो प्रर्दशन समेत गर्दै हिडिरहेको अवस्थामा कास्की प्रहरीले पक्राउ गरेको कास्की प्रहरी प्रमुख दानबहादु कार्कीले जानकारी दिए ।

अमेरिकी नागरिकहरु वर्ष ४१ का हुज लि र ३८ बर्षिय करम क्यास्टेल लिलाई पक्राउ गरी कानुनी कारवाही आगडी बढाइएको उनले बताए । सोमबार भिडियो कन्फरेसबाट पत्रकार सम्मेलन गर्दै उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...