पोखरा महानगरका ५ जनामा कोरोना रियाक्टिभ, पिसिआर परीक्षण गर्न स्वाब लियो

पोखरा, ७ जेठ /पोखरा महानगरपालिकाका चार सफाइ कर्मचारी र एक स्वास्थ्यकर्मीलाई ¥यापिड डाइनोस्टिक टेस्ट (आरडीटि) परीक्षणमा कोरोना रियाक्टिभ देखिएको छ ।

मंगलबार पोखरा महानगरपालिकामा कार्यरत ५७ जना सफाइ कर्मचारी र स्वास्थ्यकर्मीमा गरिएको परीक्षणमा ५ जनामा कोरोना रियाक्टिभ देखिएको हो ।

मंगलबार पोखराका विभिन्न वडामा कार्यरत मध्ये केहीको परीक्षण गरिएको थियो । ५ जनाको मंगलबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा स्वाब लिएको स्वास्थ्य निदेशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

५ जनालाई बेग्लै बस्न भनिएको उनले बताए । स्वाबको नतिजा बुधबार आउने छ ।

कमेन्टहरु
Loading...