कोरोनाबाट पोखरामा एक जनाको मृत्यु

पोखरा, ११ असार / पोखरामा कोराना भाइरस (कोभिड -१९) बाट एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसियुमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

स्याङजाको सिरुवारीका ५५ बर्षिय पुरुषको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि आईसियुको भेन्टिलेटरमा राखी उपचाररत उनको १० गते राति ११ बजेर ३५ मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको आर्चायले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् ।

 

कोरोनाबाट पोखरामा एक जनाको मृत्यु
कोरोनाबाट पोखरामा एक जनाको मृत्यु
कमेन्टहरु
Loading...