पोखरामा १ युवालाई क्वारेन्टिनमा कोरोना नेगेटिभ, घर पुगेपछि पोजेटिभ

पोखरा, १० असार / पोखरामा क्वारिन्टेनबाट घर फर्किएको एक युवामा कोरोना पोजेटिभ देखिएको छ । पोखरा महानगरपालिका लेखनाथका एक युवालाई कोरोना संक्रमण देखिएको हो ।

क्वारेन्टिनमा बसेर घर फर्किएका युवामा कोरोना पोजेटिभ देखिएपछि अहिले उनलाई पोखराको कोरोना अस्पतालको आइसोलेसन वार्डमा राख्ने तयारी भएको छ ।

बुधबार गण्डकी प्रदेशमा थपिएका पोखरा ४ जना संक्रमित मध्ये पोखरा लेखनाथका २ जना र पोखरा ३३ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सगँ बसेका एक युवा असार २ गते कोरोना पोजेटिभ देखिएको थियो । तर उनलाई निको भएर घर फर्कि सकेका छन् ।

उनीहरु त्रिभुवन शान्ति मा. वि मा निर्माण गरिएको क्वारिन्टेनमा बसेका थिए । नगेटिभ आएर घर फर्किएका ती युवालाई सँगै बसेका अर्काे साथीलाई पोजेटिभ देखिएपछि पुन परीक्षण गर्दा कोरोना पोजेटिभ आएको पोखरा महानगर वडा नम्बर ३० का अध्यक्ष श्रीराम पोख्रेलले बताए ।

जेठ १३ गते सुनौलीबाट पोखरा आउँदा युवा सँगै २९ जना थिए भने क्वारिन्टेनमा उनीसँगै एकै कोठामा अर्का एक जना पनि बसेका थिए । घरपुगेपछि पोजेटिभ आएपछि उनी को को सँग सम्पर्क पुगे भन्ने ’ बरेमा कन्ट्रक टेसिङ शुरु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ । गण्डकी प्रदेशमा बुधबार ४५ जनामा कोरोना संक्रमण थपिए सगँ गण्डकीमा कोरोना संक्रण्मा पुष्टि हुनेको संख्या ७ सय ४२ पुगेको छ ।

कास्की र बागलुङ ९÷९ जना, स्याङजामा ७ जना, नवलपुर र लमजुङमा ५/५ जना, गोरखामा ३ जना, तनहुँ, र पर्वतमा २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

बुधबारमात्रै गण्डकी प्रदेशबाट २२ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा अहिले सम्म ११३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...