पोखरामा कोरोना बारे भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु पक्राउ

पोखरा, ११ चैत / यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन धर्म प्रचार गर्ने पास्टर पोखराबाट पक्राउ परेका छन् ।

जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर ३२ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए । धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।

कमेन्टहरु
Loading...