पोखरामा जाडो बढ्यो, कति चिसो

पोखरा, २ पुस / पोखरामा उपत्यकामा बुधबार बिहान देखी नै जाडो बढेको छ । पोखराको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस पुगेको छ ।

पोखराका अधिकतमा तापक्रम २०.३ डिग्री सेल्सियस रहेको छ । मौषम विज्ञान कार्यालयका अनुसार पोखरा सहित देशभर चिसो बढ्दै गएको छ ।

तापक्रम अझै घट्ने अनुमान छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस पुगेको छ ।

यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौंमा बुधबार बिहान ३.७ मापन भएको हो । हिमाली भेगमा पनि चिसो निकै बढेको छ ।

हिमाली भेगका कतिपय ठाउँमा माइनसमा पुगेको छ । तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । ती जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । चिसो बढेपछि ठाउँ ठाउँमा आगो तापेको देखिन्छ ।

कमेन्टहरु
Loading...