बृहत सफाइ अभियान ढुंगेसाँघुमा

99

पोखरा, ५ जेठ/पोखरामा जारी बृहत सफाइ अभियान शनिबार ढुंगेसाँघुदेखि सीतापाइलासम्मको सडक क्षेत्रमा सम्पन्न भएको छ । १०३ हप्ताको अभियानमा झण्डै ६ टन फोहरमैला संकलन गरिएको अभियन्ता राजकुमारी थापाले बताइन् ।

कायृक्रममा प्रदेश ४ प्रहरी गण कार्यालयका नव आगन्तुक गणपति लालमणि आचार्यलाई अभियानका तर्फबाट वडा अध्यक्षहरु रामचन्द्र बराल, प्रकाश पौडेल, अभियन्ता शशी तुलाचन एवं राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष पण्डित कमलनयन गौतमले अबिरमालाद्वारा कार्यकालको पूर्ण सफलताको कामनासहित स्वागत गरेका थिए ।

यसैबीच, सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले वडा १५ र १७ का वडा अध्यक्षहरु प्रकाश पौडेल र तीर्थराज अधिकारीलाई ‘नेपालकै दुर्लभ प्राकृतिक सम्पदाका रुपमा रहेको ढुंगेसाँघुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै त्यसको उचित व्यवस्थापन र प्रचारप्रसारसँगै यस क्षेत्रको नियमित सरसफाइमा जुट्नेछु । साथै सामाजिक न्यायका आधारमा वडावासी नागरिकको सर्वोपरी हितमा लाग्नेछु । सेतीनदीको मापदण्डविपरीत निर्माण गरिएका संरचना यथाशीघ्र हटाउनेछु । विकासका बहानामा ऐतिहासिक चौतारी नष्ट गर्ने छैन’ भन्ने व्यहोराको प्रतिबद्धता वाचन सहित हस्ताक्षर गराएका थिए ।

यसपटकको सफाइ अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, परोपकार महासंघ बैदिक गुरुकुल विद्यालय, जानकी आधारभूत विद्यालय ढुंगेसाँघु बोर्डिङ स्कुल, सृजना बालगृह, अभियान क्लब महिला समूह, माछापुच्छे« महिला क्लब, घारीपाटन आमा समूह, मितेरी नारी समूह, ड्यामसाइड टोल विकास संस्था, ढुंगेसाँघु सहकारी, समृद्धि महिला समूह (लुमन्ति–सीतापाइला), जागरण आमा समूह, समावेशी आमा समूह, नौलो घुम्ती नेपाल, सामाजिक अभियन्ताहरु लगायत स्थानीय संघसंस्था र वडाबासीहरुको उल्लेखनीय उपस्थिति रहेको अभियन्ता लोकदर्शन कोइरालाले जानकारी दिए ।

सफाइ अभियानका लागि मेरी प्रजनन् केन्द्र नागढुंगाले ५ प्याकेट डिस्पोजल ग्लोब र राष्ट्रिय परोपकार महासंघ नेपालका तर्फबाट पिउनेपानी उपलब्ध गराइसकेको थियो । कार्यक्रममा वडा अध्यक्ष तीर्थराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...