हिमा अस एजुकेशन र मुङलान रेष्टुरेन्ट पोखरा म्याराथनको सह–प्रायोजक

पोखरा, २ माघ /पोखरामा मुख्य कार्यालय रहेको हिमा अस कन्सलटेन्सी र पोखरा सभागृहमा रहेको दि मुङलान रेष्टुरेन्टले फागुन ७ गते पोखरामा आयोजना हुने “१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” का लागि सहप्रायोजन गर्ने भएका छन ।

भूतपूर्व खेलाडी मंच नेपालले आयोजना गर्ने उक्त म्याराथनमा सह–प्रायोजनका लागि हिमा अस एजुकेशन कन्सलटेन्सी र मुङलान रेष्टुरेन्टका तर्फ बाट संस्थाका कार्यकारी निर्देशक राजमान थकाली र मंचका तर्फ बाट कोषाध्यक्ष एवम आर्थिक संयोजक मञ्जुलमान श्रेष्ठले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सह–प्रायोजन बापतको रकम २ लाख रुपैंया बराबरको रहेको छ ।

सो अबसरमा बोल्दै सह–प्रायोजक संस्थाका कार्यकारी निर्देशक थकालीले मंचले आयोजन गर्ने म्याराथन पोखराको गौरब गर्ने कार्यक्रम मध्येको एक कार्यक्रम रहेको बताए । उनले पोखरा म्याराथनका लागि संस्थका तर्फ बाट सहयोगीको रुपमा अगाडी वढ्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन आफूले सक्दो प्रयास गर्ने बताए ।

सो अबसरमा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनका लागि पोखराका दुई प्रतिष्ठित संस्था हिमा अस र मुङलान रेष्टुरेन्टको साथ पाउनु निकै महत्वपूर्ण रहेको बताउँदै म्याराथन सम्पन्न गर्न मंच उत्साहजनक रुपमा अगाडी बढेको बताए । पोखरालाई माया गर्ने सबै अगाडी आउन भन्ने ध्येय मंचको रहेको जनाउँदै अध्यक्ष गुरुङले प्रदेश सरकार र पोखरा महानगर पनि पोखरा म्याराथनलाई सफल पार्न सहयोगी भूमिका प्रदान गरेको बताए ।

सो अबसरमा मंचका संस्थापक अध्यक्ष खडग रानाभाट र कार्यसमिती सदस्य तिलक केसीको समेत उपस्थिती रहेको थियो । यस अघि पोखरा लोकसाइड स्थित ग्यालिसियर होटल एण्ड स्पाले म्याराथनको सह–प्रायोजकका रुपमा सम्झौता गरिसककेको छ ।

कमेन्टहरु
Loading...