पोखरामा चितुवाको आक्रमणबाट तीन जना घाइते

पोखरा, ६ चैत / पोखरामा बिहीबार बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठ सहित तीन जना घाइते भएका छन् ।

पोखरा महानगरापालिका १३ मियापाटनमा चितुवाले आक्रमण गर्दा वन अधिकृत श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगर र पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको थियो । वन अधिकृत श्रेष्ठ र सशस्त्र प्रहरी हवल्दार थापा सामान्य घाइते भएका थिए । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।

स्थानीय श्याम थापाको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थापाको टाउको र पाखुरामा चोट छ । चितुवालाई बिहान ११ बजे वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...