पोखरामा बृद्धबृद्धा र अपाङ्गको लागि निःशुल्क बस

पोखरा ३० चैत्र /पोखरा लेखनाथ महानगरपालिकाले ७० बर्ष नाघेका बृद्धबृद्धा र अपाङ्गता भएका ब्यक्तिहरुले आगामी एक बर्ष भित्र पोखरा नगर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले बुधबार महानगरको ब्यवस्थापन एबं सुधारका योजना सार्वजनिक गर्ने क्रममा बुधवार बृद्धबृद्धा र अपाङ्गको लागि निःशुल्क बस सेवा उपलब्ध गराउने लक्ष्य सुनाएका हुन् ।

उनका अनुसार महानगरभित्र बसोबास गर्ने ७० बर्ष नाघेका बृद्धबृद्धा एवं अपाङ्गता भएका ब्यक्तिका लागि नगर क्षेत्रमा निःशुल्क बस सेवा सुरु गर्ने उल्लेख छ । यो सेवा आगामी एक बर्ष भित्र विभिन्न यातायात ब्यवसायीसँग समन्वय गरी सञ्चालनमा ल्याउने बताए ।

कमेन्टहरु
Loading...