पोखरामा दुर्घटनामा परि विद्यार्थीको मृत्यु भएपछि आन्दोलन, नगरबस बन्द

पोखरा, २८ चैत /दुर्घटनामा आफ्नो साथीको ज्यान गए पछि पोखराका विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । मंगलबार एयरपोेर्टमा नगरबसको ठक्करले मोटरसाईकलमा सवार शोभाकान्त पनेरुको मृत्यु भएको थियो ।

दोषीमाथी कडा कारबाही सहित उचित राहतको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । मृतक पनेरु छोरेपाटन स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिए ।

विद्यार्थीहरुले पोखराका माईक्रोबस बन्द गरी नाराबाजी सहित प्रदर्शन गरेका छन् । सभागृह चोकमा विद्यार्थीहरुले नाराबाजी सहित केहिबेर प्रर्दशन गरे । विद्यार्थीको आन्दोलन पछि पोखराका माइक्रोबस सञ्चालनमा आएका छैनन् । भित्रि बाटो र सानो माइक्रोबसहरु केही मात्रामा सञ्चालनमा आएका छन् ।

कमेन्टहरु
Loading...