कर्मचारी नहुँदा दुई महिनादेखी विषादी मापन प्रयोगशाला बन्द

पोखरा, १४ माघ / राष्ट्रिय फलफुल, तरकारी थोक तथा खुद्रा विक्री केन्द्रमा रहेको विषादी मापन केन्द्रमा रहेको प्रयोगशाला दुई महिनादेखी बन्द रहेको छ । पोखरा शान्तिवन रहेका विक्रि केन्द्रमा रहेको प्रयोगशालाबाट कर्मचारी नहुँदा नियमित रुपमा फलफुल तथा तरकारीको बिषादी मापन हुन सकिरहेको छैन ।

माघ १३ गते सोमबार अवलोकनका लागी पुगेका मानवअधिकार समुह कास्की र इन्सेकको टोली संगको कुराकानीमा विक्री केन्द्रका बजार व्यबस्थापन समितिका अध्यक्ष छेवाङ लामाले सरकारले कर्मचारी व्यबस्थापन नगर्दा बाहिर बाट आएका फलफुल तथा तरकारी सिधै विक्रि केन्द्रमा भित्राउनु पर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो ।

‘बाहिर लगेर विषादी मापन गर्न सकिदैन दुई महिना भयो विषादी मापन हुन छाडेको केन्द्र देखी प्रदेश सम्म जानकारी गराएका छौं छिट्टै समाधान हुने आश्वासन पाएका छौं’,उहाँले भन्नुभयो ।
विषादी प्रयोगशाला संचालनका लागी २ जना प्राविधिक र किट खरिदका लागी मासिक १ लाख बराबरको खर्च हुने लामाको भनाइ छ ।

‘बजेटको अभाव छ नियमीत खर्चलाई व्यबस्थापन गर्न प्रदेश सरकारसंग कुराकानी पनि गरियो मन्त्रीज्यूले यसपाली बजेट छैन व्यबस्थापन गरौला भन्नुभएको छ’,लामाले भन्नुभयो । पोखरामा रहेको विक्रि केन्द्रमा कास्की , काभ्रे , धादिङ , चितवन , स्याङ्जा जिल्लाको त्रियासी भन्ने स्थानबाट फलफूल तथा तरकारी भित्रले गर्दछन् ।

जसमा ५ प्रतिशत भारतबाट आयत हुने गर्दछन् ।  काभ्रेबाट आयात गरिने आलु , स्याङ्जाबाट गोलभेंडामा विषादीको मात्र अधिकतम प्रयोग हुने गरेको यसअघिको परिक्षणले देखाएको उहाँ बताउनुहुन्छ ।  ‘केहीसमय अघि काभ्रेबाट ल्याएको ८७ बोरा आलु अधिक विषादी भएकै कारण नष्ट गरियो’,उहाँ भन्नुुहुन्छ,‘प्रयोगशाला संचालन हुदाँ किसानहरु पनि डरकै कारणपनि विषादी प्रयोगमा कम गर्न थालेका छन्’ ।

नेपाल भारत सिमामा विषादी जाँच नियमित गर्न सकेका पनि देशैभर विषादी प्रयोग गरिएका फलफूल तथा तरकारी विक्रिमा कमि आउने लामाको भनाई छ ।  प्रयोगशालालाई छिटो भन्दा छिटो संचालनमा ल्याउन राज्यको निकायले गम्भीर रुप सोच्नुपर्ने उहाँको भनाई छ ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल , गैसस महासघ कास्की अध्यक्ष पदम पहारी , इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा , मानवअधिकार समुह अध्यक्ष श्याम कुँबर सदस्य बिना लोहनी , निर्मला अर्याल , कास्की प्रतिनिधि सुशन घिमिरे , सहजकर्ता तिर्सना तिमिल्सिना लगायत पत्रकारहरुको टोलीले कृषि बजार र विषादी प्रयोगशालाका बारेमा चासो राख्दै अवलोकन गर्नुभएको हो ।

अवलोकन पश्चात इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले उपभोक्ताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा जोडिएको प्रयोगशालाको संचालनका लागी राज्य संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।

यसअघि पनी पटकपटक बन्द भएको प्रयोगशाला संचालनका लागी इन्सेक , मानवअधिकार समुहले , शान्तिका लागी नागरिक समाजको सन्जाल लगायतले नियमित संचालनका लागी पहल गर्दै आइरहेका थिए ।

कमेन्टहरु
Loading...