पोखरामा चरा उत्सव शुरु, शुक्रबार फोटो प्रर्दशनी

पोखरा, १९ असार /पोखरा पंछी समाजको आयोजनामा पोखरामा बिहीबार देखी दोस्रो चरा उत्सव शुरु भएको छ ।

उत्सव अन्तरगत बिहीबार चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालिम शुरु भएको छ । उत्सवको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्रेलले उद्घाटन गरे ।

चरा उत्सवमा नेपालका चरा विद्ध, चरा संरक्षणमा काम गर्ने संरक्षण कर्मी, पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधिहरु सगँ चरा उत्सवको बारेमा छलफल हुनेछ । असार २१ गते सम्म सञ्चालन हुने उत्सवमा विभिन्न विषयका सेसनहरुमा छलफल र फोटो प्रर्दशनी हुनेछ ।

नेपालमा आउने पर्यटक मध्ये ८ प्रतिशत पर्यटक चरा हेर्न आउने भएकोले यस्ता पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई ध्यानाकर्षण गर्न आवश्यक रहेको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

उनले पर्यटन व्यवसायी र अन्यलाई यो विषयमा बुझाएर चरा पर्यटन बढाउन सहयोगी हुने बताए । उनले पोखरामा ४ सय ६७ प्रजातिका चरा रेकड भएको बताए ।

चरा चिनाउने चरा गाईडले दिनमै एक सय डलर शुल्क लिने भएकोले पनि यस्ता पर्यटकको विकास गर्न सके धेरै युवाले रोजगार पाउने पोखरा पंछी समाजका सचिव हेमन्त ढकालले बताए ।

पोखराका अष्ट्रियन क्यम्पबाट अंग्रेजी महिनाको सेप्टेम्बर देखि डिसेम्बर महिना सिकारी प्रजातीका चरा बसाई सराई गरेको देख्न सकीन्छ ।

यस्ता चरा देखाउन विदेशी पर्यटक आकर्षण गर्न सकीने भए पनि यसबाट फाइदा लिनसक्नु पर्ने उनले बताए । चरा सम्बन्धी फोटो प्रर्दशनी शुक्रबार विहान १० बजे देखी लेकसाइडको गौरीघाटमा हुने उनले बताए ।

कमेन्टहरु
Loading...