बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान माघ २० देखी

पोखरा, १४ माघ/ पोखराबाट अन्य तीन ठाउँमा हवाइसेवा जोड्दै आएको बुद्ध एयरले पोखराबाट विराटनगरमा पनि सेवा शुरु गर्ने भएको छ ।

पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सिधा हवाई सेवा दिदै आएको बुद्ध एयरले पोखरा–विराटनगरमा माघ २० गते देखी उडान गर्ने तयारी गरेको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए ।

बुद्धले १८ सिटे सानो जहाजबाट पोखराबाट विराटनगर र विराटनगरबाट पोखरा हवाई उडान गर्ने तयारी गरिएको बरालले बताए । उनले अहिले हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने बताए । माग बढ्दै गएमा जहाज र दैनिक उठान गर्ने बताए ।

नेपाल भ्रमण वर्षलाई लक्षित गरी बुद्ध एयरले पर्यटन प्रर्वद्धधन गर्न समेत पोखरा देखि विराटनगरलाई सिधा हवाई सेवामा जोड्न लागेको बरालको भनाई छ ।

पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैया र विदेशीलाई १ सय ३० डलर लाग्ने छ । पोखराबाट ११ बजेर ४५ मिनेट र विराटनगरबाट १ बजेर १० मिनेटमा उड्ने उनले बताए ।

कमेन्टहरु
Loading...