पोखराबाट विप्लवका लमजुङ सेक्रेटरी पक्राउ

पोखरा, १० असार /नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमजुङका जिल्ला सेक्रेटरी पोखरामा पक्राउ परेका छन् ।

कास्की प्रहरीले लमजुङ सेक्रेटरी विनोद सोनामलाई पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राती पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका सोनामलाई सोमबार नै म्याद थप गरेर थप अनुसन्धान गर्ने बताए ।

कमेन्टहरु
Loading...