प्रदर्शनका क्रममा पोखरामा विप्लवका विद्यार्थी र​ पत्रकार सहित ३ जना पक्राउ

पोखरा, १८ चैत /विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका विद्यार्थीहरुले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा एक पत्रकार सहित तिन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला , अर्का विद्यार्थी नेता उज्वल पुन र पत्रकार राजेन्द्र अधिकारी छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारी कार्यक्रमको फोटो खिचिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरु तीनैजना कास्की प्रहरी परिसरमा छन् । सरकारको गतिविधि र माउ पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरुले मसाल जुलुस निकालेका थिए । मसाल जुलुस निकाल्न लागेको बेलामा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विद्यार्थीहरुले चाहीँ विरोधको कार्यक्रम सकेर क्याम्पस भित्र छिरिसके पछि पक्राउ गरेको बताएका छन् । शान्तिपूर्ण कार्यक्रम गर्दा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।एसपी ओम रानाले शंकामा तीनजना पक्राउ गरेको बताए ।विप्लव समूहको गतिविधि निस्तेज पार्ने अभियानमा रहेको प्रहरीले केही दिनअघि प्रदेश र जिल्लाका जनसरकार प्रमुखलाई समेत पक्राउ गरिसकेको छ।प्रमाणित भएपछि मात्रै ब्यक्तिहरु सार्वजनिक गरिने रानाले बताए । घटना बारे थप अनुसन्धान भैरहेको उनको भनाई छ ।

कमेन्टहरु
Loading...