पोखरामा अर्को बन्जी जम्प बन्दै, सेती गर्जमा बन्जी मज्जा लिन पाइने

पोखरा, २२ पुस / पोखराममा अर्को बन्जी जम्प पनि सञ्चालन हुने भएको छ । पोखरा १७ रातोपहिरामा बन्जी जम्प बन्दै गरेको छ ।

नेपाली र विदेश दुवैलाई अनुपम र साहासिक आनन्द दिन युवाको समूहले बन्जी नेपाल एड्भेन्चर्स प्रालि मार्फत पोखरामा निमार्णका काम भइरहेको छ । निमार्ण सम्पन्न गर्न करिब ८ करोड लगानी लाग्ने उनीहरुको अनुमान छ ।

बन्जीजम्प निर्माण करिब ८० प्रतिशत सकिएको छ । फागुन महिना देखी सञ्चालनमा ल्याउने योजना छ । बन्जीको निर्माण जलप नेपाल भरतपुर, चितवनले गरिरहेको छ ।

यसको भर्टिकल टावर ३२ मिटर आग्लो छ । यसबाट सेती खोंचसहित पोखरा १७ र १५ का विभिन्न भाग आवलोकन गर्न मिल्छ । तेर्साे टावर ५५ मिटर लामो छ ।

यहाँबाट सेती नदी किनारमा १२० देखि १३० मिटर जम्प गराउने योजना कम्पनीको छ । पोखरा यस अगाडी पोखरा २५ हेम्जामा बन्जी जम्प सञ्चालनमा छ ।

कमेन्टहरु
Loading...