पोखरामा असिना पानी, करोडौ तरकारी र फलफुल बालीमा क्षति

पोखरा, १९ चैत /पोखरामा बुधवार दिउसो कालो बादल सहित असिना पानी पर्दा करोडौका तरकारी र फलफुल खेतीमा क्षति पुगेको छ ।

असिना पानीको कारण पोखरा लगाएतका लहरे खेती, गहुँ बाली, फुलेको फलफुल, तरकारी लगायतका अन्नबालीमा क्षेती पुगेको छ । दिउँसो १ बजे देखि साढे १ घण्टा परेको असिनाले तरकारी, फलफूल र अन्न वाली नष्ट गरेको हो ।

लगातारको असिना पानीले मोटरसाइकल र गाडी ऐनाका सिसा समेत फुटेका छन् भने सडक समेत जलमग्न हुदाँ केहि बेर सडक पार गर्ने समेत सकिएको थिएन ।

विशेष गरी असिना पानीले बढी क्षति पोखराको निर्मलपोखरी, कृस्ती, छोरेपाटन, विरौटा मासबार लगाएतका क्षेत्रमा परेका थियो ।

किसानले लगाएको मकैवाली, गहुँ, तरकारी काँक्रो, घिरौला, फर्सी, करेला, लौका, बोडी, गोलभेँडाका विरुवा नष्ट गर्नुको साथै असिना पानीले सुन्तला, लिचि, एभोगाडो लगातका फलफुलका फुलहरु झारेर नष्ट गरेको छ ।

क्षतिको तथ्याङ्क आइसकेको छैन, किसानले लगाएको वाली र फलफूलमा करोडौ रुपैयाँ मूल्य बरावरको नष्ट भएको अनुमान गरीको छ । करिब एक महिना अगाडी परेका असिना पानीले पोखरामा करिब ६ करोडको तरकारी र अन्नबाली क्षति पुगेको थियो ।

कमेन्टहरु
Loading...