पोखरा विमानस्थलको काम ५५ प्रतिशत सकियो, चीनबाट आएका ७१ जना कामदार क्वारेन्टाइनमा

पोखरा, २८ फागुन / चीनमा कोरोना भाइरस संक्रमणका कारण पोखराको विमानस्थल निर्माण प्रभावित भएको छ । नयाँ वर्ष मनाउन चीन गएका चिनीयाहरु पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन आउनुपर्नेमा उतै राकिए पछि काममा प्रभाव परेको हो ।

पोखरा विमानस्थल फिनिसिङको काम गर्न सय जना चिनियाँ कामदारहरु उतै रोकिएका थिए । अहिले एयर ट्राफिक टावर, टर्मिनल, हेंगरलगायत भवन फिनिसिङको काम, इक्विपमेन्ट इन्स्टल गर्ने प्राविधिक सहित विमानस्थलबाट मुख्य सडकसम्म जोड्ने रोड ढलान गर्नेका पहिले कै गतिमा हुन नसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजना प्रमुख मुनंकर्मीले जानकारी दिए ।

उनले अहिले सम्म ५५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । अहिले सम्म विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोनका महत्वपूर्ण काम सकिएको छ । २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे ढलान वैशाखमै सकिएको हो ।

चिनियाँ निर्माण कम्पनी सीएएमसीईले तोकिएको समय भन्दा ६ महिना अगावै काम सक्ने बताउँदै आएको छ । कामदार कम भएपनि त्यहीअनुरूप काम अघि बढेको आयोजना प्रमुख मुनंकर्मी बताए । अहिले एयर ट्राफिक टावरको आठ तलाको भवन, टर्मिनल, हेंगरलगायत १४ वटा भवन निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । यससँगै मुख्य सडकबाट विमानस्थल सम्म पुग्ने एक किलोमिटर चार लेन सडक निर्माणको काम चलिरहेको बताए ।

पोखरा विमानस्थलको काम ५५ प्रतिशत सकियो, चीनबाट आएका ७१ जना कामदार क्वारेन्टाइनमा
पोखरा विमानस्थलको काम ५५ प्रतिशत सकियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरामा यती बेला २ सय ८० चाइनिजर र १ सय ९० नेपाली गरि ४ सय ७० रहेका छन् । ति मध्ये गत हप्ता पोखरा आएका ७१ जना चिनियाँ बाहेक अन्य मजदुरहरुले नियमित काम गरिरहेको उनले बताए । कोरोना भाइरसका कारण चिनियाँ कामदार समयमै आउन नपाएकोले अंग्रेजी महिनाको फ्रेब्रोवरी महिनामा काममा प्रभाव परेपनि अहिले काम अघि बढी रहेको र क्वारेन्टाइन अवधी सकीएपछि थप ७१ जना चिनियाँ पनि काममा खटीने उनले बताए ।

निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ । पोखरा महानगरपालिका–१४ मा सीएएमसीईले २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको हो। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने विमानस्थल निर्माणपछि बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज उडान–अवतरण गर्न सक्नेछन् । ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारी हुनेछ ।

कमेन्टहरु
Loading...