पोखरा विमानस्थलः थप जग्गा अधिग्रहणले स्थानीय आन्दोलीत

पोखरा, २६ मंसिर /पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण परियोजनाका कारण आफ्नो उठिबास हुने भन्दै पिडित पक्षले गुनासो गरेका छन् ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल जनसरोकार समितिले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरेर आयोजनाले पटके रुपमा गरेको जग्गा अधिग्रहणको श्रृङ्खलाले उठिबास लाग्ने स्थिती आएको भन्दै आक्रोस पोखेका छन् ।

विमानस्थल निर्माणका लागि २०३२ सालमा ३ हजार १ सय ५० रोपनी र ५९० रोपनी जग्गा अधिग्रहण गरि विमानस्थल प्रक्रिया अगाडी बढि रहेको छ । विमानस्थललाई थप जग्गा आवश्यक पर्ने भनि मंसिर ५ गते बसेको मन्त्रिपरिषदको बैठक थप १ सय ४८ रोपनी जग्गा अधिग्रहणका लागि स्विकृति दिएको थियो ।

सरकारको निर्णय प्रति स्थानियले विरोध जनाउँदै थप १ सय ४८ रोपनी जग्गा नदिने घोषणा गरेको जनसरोकार समितिका अध्यक्ष गणेश पौडेलले बताए । आयोजनाले विगतमा भएका सहमतीहरुलाई पनि कार्यान्वयन नगरेको भन्दै १६ बुँदे माग सहित आन्दोलनमा जाने घोषणा समेत गरेका छन । माग पुरा नभए अधिग्रहणका लागि जग्गा नदिने प्रभावित पक्षको माग रहेको छ ।

थप जग्गा अधिग्रहणबाट १७ घरपरिवार उठिबासको अवस्था आउने समेत समिति अध्यक्ष पौडेले बताए । सरकारले दिने मुअव्जाले अर्को ठाँउमा जग्गा किनेर घर बनाउन नसक्ने अवस्था नरहेको उनिहरुको भनाई रहेको छ ।

विगतको मुअव्जा वितरणमा बाटो भएको क्षेत्रमा रोपनीको ६४ लाख , बाटो नभएको ठाउँमा २० लाख मात्रै उपलब्ध गराएको स्थानिय बोधराज कार्कीले बताए । उनले भने– ‘पोखराको कुन ठाउँमा २० लाख रोपनी जग्गा पाइन्छ, हामीलाई पैसा हैन कि अन्यत्रै भएपनि जग्गा चाहिन्छ ।’ यता विमानस्थलको ६० प्रतिसत भन्दा बढी काम सम्पन्न भएको छ ।

कमेन्टहरु
Loading...