पोखरामा दुर्घटना, पत्रकार उमेश पुनको हात बाचियो, सुमनको दाँत

पोखरा, १४ माघ / पोखराको चाउथेमा दुर्घटना भएको छ ।

पोखरा भण्डारढिकमा भएको मुख्यमन्त्री कम फुटबल प्रतियोगिताको फाइनलको रिर्पोटिङ गरेर फर्किदै गरेका नागरिक दैनिकका पत्रकार उमेश पुन र रेडियो तरङगका सुमन गुरुङ सवार मोटरसाइललाई विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकलले ठक्कर दिएको हो ।

पोखरामा दुर्घटना, पत्रकार उमेश पुनको हात बाचियो, सुमनको दाँत
पोखरामा दुर्घटना, पत्रकार उमेश पुनको हात बाचियो, सुमनको दाँत

ठक्करपछि दुबै मोटरसाइकलमा सवार चारै जना घाइते भएका छन् । घाइते भएका पत्रकार उमेश पुन र सुमन गुरुङको मनिपाल शिक्षण अस्पतालमा उपचार भएको छ ।

पुनको दाहिने हात भाचिएको छ भने अनुहारमा चोट लागेको छ । त्यसै गरि गुरुङको अनुहारमा चोट लागेको छ भने एउटा दाँत समेत भाचिएको छ ।

पुनको हात अप्रेसन गरेर स्टिल राखेको छ । ठक्कर दिने मोटरसाइकलका दुबै जना मध्य एकको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र अर्कोको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...