पोखरा ५ मा राहत लिन भिड, प्रहरी लगाए भगाउनु प¥यो

पोखरा, १८ चैत/ कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेका बेला राहात वितरण गर्ने भन्दै सयौं जनालाई एकै ठाउँमा भेला गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ मा राहत वितरणका लागि महानगरपालिकाले ठुलौ जमघट बनाएको थियो ।

वडाले टोल विकास समिति र टोल सुधार समितिसँग सहकार्य गरेर विपन्न तथा ज्यालादारीको पहिचान गर्न तथा नामावली तयार गर्न आग्रह गरेको थियो । महानगरपालिकाले ल्याएको प्याकेज देखाएर केही वडाका वडाध्यक्षहरु सयौँ जनालाई एकै ठाउँमा जमघट गरेर नामावली संकलन गरिरहेको पाइएको छ ।

टोल विकास संस्था तथा टोल सुधार समिति मार्फत नामावली संकलन गरेर फारमा भर्ने व्यवस्था गर्नुपर्नेमा पोखरा– ५ ले बाराही माविको परिसरमा यो भीड थुपारेका हुन् । यसरी भीड गर्दा कोरोनाको जोेखिम बढ्ने भन्दै सरकारले सुरक्षा निकायलाई २४ सै घण्टा खटाएको छ ।

तर महानगरका प्रवक्ता तथा वडा नम्बर ५ वडा अध्यक्ष धन बहादुर नेपालीले कोरोनाको जोखिमलाई भीड जम्मा गरेर चुनौती दिइरहेका छन् । ठुलै भिड भए पछि प्रहरी नै पुगेर तितर वितर गरेको छ ।

कमेन्टहरु
Loading...