पोखरा महानगरपालिका वडा—४ मा विपन्न ५५ परिवारलाई राहत वितरण

कसैलाई खान नपाएर भोकै मर्न दिइने छैन - बास्तोला

पोखरा, २२ चैत / पोखरा महानगरपालिका वडा नं ४ का विपन्न ५५ परिवारलाई राहत वितरण गरिएको छ ।

१५ केजी चामल, दुई केजी आलु ,एक केजी दाल, एक लिटर तेल, एक केजी नुन, साबुन, बेसार लगायतका सामानको प्याकेज बनाएर प्रत्येकलाइ वितरण गरिएको वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

बास्तोलाका अनुसार ३० परिवारलाइ तरुण दल पोखरा महानगर समितिले सहयोग गरेको थियो भने १२ परिवारलाइ लायन्स क्लब अफ पोखरा समृद्धिले सहयोग गरेको थियो ।

त्यसैगरी १३ परिवारलाइ वडा ४ का स्थानीय समाजसेवी पृथ्वीनारायण क्याम्पसका प्राध्यापक वसन्त पराजुलीले सहयोग गरेको र गोपाल जी स्टोर्स रामकृष्णटोलबाट समेत सहयोग प्राप्त भएको बास्तोलाले बताए ।

पोखरा महानगरपालिका वडा ४ र त्यससँग जोडिएका छिमेकी वडाका स्थानीय समाजसेवीद्वारा सिफारिस भएर आएका अति विपन्न, विपन्न र अपांगता भएका परिवारलाई राहत वितरण गरिएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।

वडाको पहलमा भइरहेको राहत वितरण कार्यक्रमले निरन्तरता पाउने उनले बताए । वडामा रहेका वा वडा भन्दा बाहिर रहेका संघसंस्थाले दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने परिवारलाइ सहयोग गर्न चाहेको खण्डमा वडा—४ समन्वय गर्न तयार रहेको बास्तोलाको भनाइ छ ।

कमेन्टहरु
Loading...